२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड

अवरोधका श्रृङ्खलासँग जोडिएका इन्ट्रेसहरु विस्तारै सतहमा आउँदैछन् — ईञ्जिनियर लम्साल

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड
अ अ+ अ-

काठमाडौँ । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो ।

वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई भन्नुहुन्छ, ‘राती ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता एकिन हुन्छ ।’ उहाँले पछिल्लो सूचनाका बारेका जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरुको शिशा फोडिएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्साल भन्नुहुन्छ, ‘महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम ग¥यौँ । यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गयौँ । महानगरबाट बजेटको व्यवस्था ग¥यौँ । यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।’ इञ्जिनियर लम्साल भन्नुहुन्छ, ‘स्थानीय सबैको होइन, केहीका यस्ता माग छन् । जुन खुलेर माग्न सकिँदैन । त्यसलाई पूरा गर्न फोहोर व्यवस्थापमा अवरोध गर्नुलाई हतियार बनाइएको छ । हिजोको तोडफोड यसैको सृङ्खला हो ।’

समय क्रममा सबै कुरा बाहिर आउँछन् । अहिले यति भनौँ, आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहन्छन् । लम्साल भन्नुहुन्छ, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’

तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।