१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर बोकेका गाडी तोडफोड



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौंको फोहोर बोकेका गाडी सिसडोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा तोडफोड गरिएको छ । फोहर बोकेका टिपर र डोजर आज अज्ञात समूहले तोडफोड गरेको बताइएको छ ।

काठमाडौँ महानगरपालिका नगर प्रहरीका अनुसार १४ वटा फोहरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएपछि फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ ।

पछिल्लो समय बञ्चरेडाँडामा व्यवस्थापन गर्न स्थानीयवासीसँग सहमति भएको थियो । स्थानीयवासीको माग सम्बोधन गर्ने भनिए पनि मागबारे कुनै सम्बोधन नभएको भन्दै स्थानीयवासीले आपत्ति जनाउँदै आएका छन् ।