२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निर्वाचनका लागि दल दर्ता गर्दै एमाले



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । आज दिउँसो निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने भएको हो । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग जाने जनाइएको छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आईतवारदेखि दल दर्ता शुरु गरिसकेको छ ।