६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रनहर भत्किँदा सप्तकोशी नगरपालिका डुबानमा



अ+ अ-

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ ।

नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताउनुभयो । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ । नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

वर्षाले –१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताउनुभयो । वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखाँै मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताउनुभयो ।

रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताउनुभयो । घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उहाँले बताउनुभयो । नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिनुभयो । खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन/कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबैभन्दा पुरानो सिँचाइ प्रणाली हो । नहरको मुख्य बाँधदेखि गङ्गा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ ।