५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकाल समाप्त भएका सांसदको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताउनु भयो । उहाँले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गर्नुभयो । संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइदैन । पसल खोल्न पाइदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’

उहाँले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेश सभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु
भयो ।

राष्ट्रिय सभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।