काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।
मंगलबार पेप्सिकोलामा आयोजित सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी हुन् ।
उनी यसअघि नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी थिइन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउनेछन् ।