२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका कुँवरलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।