२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा



file
अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने एक हजार ७४, लेन मिच्ने ६५९, रेड लाइटमा सवारी चलाउने ५७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २४२ र अन्य गरी १४ हजार ९४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्क अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ । शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २३२ तथा सोमबार ११५ चालक रहेका छन् ।