९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री र पूर्व प्रम भट्टराईबीच भेट, गठबन्धनलाई मजबुत बनाउन जोड



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच मंगलबार भेट भएको छ । मुख्यमन्त्री निवासमै भएको भेटघाटमा पूर्वमन्त्री भट्टराईले प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिका बारेमा जानकारी दिए । 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोति रिजाल, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य थिए । 

विषेश राजनीतिक परिवेशमा प्रदेश र संघमा गठनबन्धनको सरकार बनेको र सानातिना मतभेदलाई पन्छाउँदै अगाडि बढ्नुपर्नेमा दुवैजनाको जोड थियो । मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको बताए । 

प्रदेशको क्षमता अनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको उनको भनाइ थियो । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनर्निर्मााणका लागि संघ सरकारको भर परेको मुख्यमन्त्री पोखरेलले बताए । 

पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्ने बारेमा आफूहले निरन्तर छलफल गरिरहेको भनाइ राखे । यो सरकारलाई असफल हुने छु नरहेको भन्दै उनले ससाना मतभेदलाई भित्रै मिलाएर लैजान उनले सुझाए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे । 

प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २३ मा नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठवन्धन सरकार बनेको छ । गठवन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकजना स्वतन्त्र सांसद छन् ।