२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई ज्ञापन पत्र: नागरिकता विधेयक छिटो प्रमाणीकरण गरियोस्



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेको छ । समितिले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा ज्ञापनपत्र बुझाउँदै नागरिकता छिटो प्रमाणीकरण गर्न माग गरेको हो ।

समितिका राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफी नेतृत्वको टोलीले शीतल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइसकेका छन्।