४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

चाडपर्वमा ‘मिठाई’

चाडपर्वमा ‘मिठाई’
अ+ अ-

हाम्रो खानामा चिनीको प्रभाव बढ्दैछ। चिनी पश्चिमी समाजबाट भित्रिएको र खाद्य वस्तुहरूमा धेरै प्रयोग भइरहेको सामाग्री हो। यसले नेपालीहरूको स्वास्थ्यमा कडा चुनौती दिएको छ किनभने यो नेपालीहरूको धेरै रोगहरूको कारक भएको छ।

चिनी चाडबाड र देवीदेवताका प्रसाद बन्छ। यसको प्रयोगले भोजन शैलीमा परिवर्तन भएर स्वास्थ्य समस्या बढेको छ। केटाकेटीहरूमा देखिएको दाँतसम्बन्धी समस्या, उच्च रक्तचाप र मोटोपन जस्ता समस्याहरू नै चिनीको भूमिका रहेको छ।

रक्सी खाने लतजस्तै चिनीको लत पनि छोड्न कठिन छ। नेपालीहरूले दिनभरि खाने खानाहरूमा चिनी त हुन्छ नै बजारमा किनेका खाना बाहेक घरमा बनाउने भोजनमा पनि चिनी मिसाउने प्रचलन बढ्दैछ।

त्यसैले नेपालमा चिनीको खपतको परिमाण समेत वर्षेनी वृद्धि भइरहेको छ। अझ चाडपर्वहरूमा त यसको खपत बढ्छ।

अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, मिठाई पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे। यसअघि समाचार आउने गर्थे, ‘मिठाई र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाई पसल सिलबन्दी गरिएको छ। वा, काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाई पसलमा छापा मारेर ढुसी परेको देखेर सरसफाईमा ध्यान दिन र ढुसी परेका मिठाई बिक्री बन्द गर्न निर्देशन दिइएको छ।’

यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाई नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई। ती ढुसी परेका मिठाई मिसाएर नयाँ मिठाई बनाइयो भने ढुसी सबै गायब हुन्छ। मिठाई नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पुर्‍याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन। मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र? अझ कतिजनाले ‘साङ्ला त कति देशमा मीठो मानेर खान्छन्’, त्यसैले साङ्ला र भुसुना परेर के भयो ? बरु शरीरमा मासु पर्‍यो भने प्रोटिन नै हुन्छ भन्न बेर छैन।

यो जिब्रोको स्वाद यस्तो छ, कतिपयको तर्क हुन्छ, ‘बरु रोगी हुन्छु, मिठाई छाड्न सक्दिनँ। कसरी पकाउँछ भन्ने मैले देखेको छैन क्यारे। बाहिर ल्याउँदा त सफा देखिने गरी ल्याउँछ नि ‘ प्रायः यस्ता उपभोक्ताको तर्कले गर्दा नै फोहोरी, झिँगा र साङ्ला परेका केक आदि सबै सजिलै बेचिन्छन्।

कति पसलेले मिठाईमा केशर मिसाएको छ भनेर उपभोक्तालाई लोभ्याउने पनि गर्छन्। केशर मिसिएको भनेपछि जिब्रोबाट र्‍याल चुहिन्छ नै। तर एक किलो केशरको झन्डै चार लाख रुपैयाँ जति पर्छ, मिठाई पसलेले साँच्चि नै केशर हालेर सस्तो र सुलभ तरिकाले मिठाई दिन सक्छ तरु भन्ने प्रश्न उपभोक्ताले किन नगर्नेरु खान हुने रंग मिठाईमा हाल्यो भने मिठाई एकदमै महँगो हुन्छ, अनि सर्वसाधारणले किन्दैनन्, त्यसैले खान नहुने रंग मिसाएर मिठाईलाई आकर्षक बनायो अनि सस्तोमा बेच्यो। पसले पनि खुसी, उपभोक्ता पनि सस्तोमा राम्रो मिठाई पाइयो भनेर खुसी। उपभोक्ताले यसरी अखाद्य रंगले कसरी स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा पाए भने यस्ता खुसी बिस्तारै हराउँछ।

प्रायः उपभोक्ता यस्तो कुरा थाहा पाउनै चाहँदैनन्। ‘यसरी केलाएर हेरेर त कसरी जिन्दगी चल्छ ररु जति आलोचना गरे पनि बाहिरका खाना नखाईकन कहाँ साध्य हुन्छ र? तर मिठाई त चाडपर्वमा मात्र खाइन्छ, त्यतिले त के नराम्रो हुन्छ होला र? ”

भन्ने बुझाइले सबै उपभोक्ता यसरी मन्द विष खाइरहन्छन्। यसरी फोहोरी मिठाई, अखाद्य रंग नखाएर पनि के चाडपर्व मनाउन सकिँदैन र?