२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । 

महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला  र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गर्नुभयो । 

उहाँले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो । 

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।