• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

श्रीलङ्कामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने



एजेन्सी । श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।

सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो । विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलङ्कामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताउनुभयो ।

हाल श्रीलङ्काको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसी मात्रै छन् । सन् २०२२ जुनमा श्रीलङ्काको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति ९ग्रीन सिग्नल० दिएको थियो । आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धनअभावपछि श्रीलङ्काले यो कदम चालेको हो ।