• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु

मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्छुः श्रममन्त्री कुँवर



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताउनु भएको हो । राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पु¥याउने आश्वासन समेत दिनु भयो । मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मैले पनि मन्त्रीपरिषद सदस्यको जिम्मेवारी पाएको छु ।

मैले आफ्नो मन्त्रालयमा कति बस्छौं, त्यो बेग्लै कुरा हो । जीवन त अस्थायी छ । पद, प्रतिष्ठान भनेको सधैं रहिँरहदैन । यो दुनियाँलाई थाहा भएको कुरा हो । तर हामी जति बस्छौं, जुन क्षेत्रमा हामीले काम ग¥यो । त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । र, मैले खेल्नुपर्ने भूमिकाको लागि र यो मन्त्रालयबाट खेल्नुपर्ने भूमिकालाई अवश्य पनि मैले सकेपछि सहयोग अवश्य पनि रहने विश्वास म दिलाउन चाहन्छु । मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पु¥याउने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पु¥याउन जरुरी रहेको पनि बताउनु भयो । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाई थियो ।