८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा उप निर्वाचन घोषणा



अ+ अ-

इस्लामावाद । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।

आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी ९पिटिआई० भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।

गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गर्नु भएको थियो । उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।

उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो ।




भर्खरै