२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामा



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान मन्त्री खनालले पदबाट राजीनामा दिएका हुन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिए दिएको शर्माले बताए।

'हिजो अष्ट कमरेडलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर म लागेकै हो। तर अहिले हाम्रो दल र विचारधारा फरक भएकाले उहाँको मन्त्रिमण्डलमा बसिरहन सकिनँ,’ शर्माले भने।  

शर्मा माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा उनी केन्द्रीय सदस्य छन्। शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। 

मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। १२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन्।