५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा पर्यटनमन्त्री श्रेष्ठको निरीक्षण, संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तल लगायत स्थलको हिँडेरै अवलोकन गर्नुभएको थियो ।

सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । उहाँले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन निर्देशन दिनुभयो ।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउनुहुँदै उहाँले सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिनुहुँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा। मिलन कुमार थापाले बताउनुभयो ।