६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)



गोदावरी पार्कमा झरि परेपछि ।
अ+ अ-

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ । मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ ।

यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।

आजको फोटोकथामा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौं उपत्यकामा मानिस र प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका दृश्यहरु ।

 टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला 
 छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु 
  ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती 

  ललितपुरको दलचोकी जंगलमा ढाकिएको बादल 

बग्दै गरेको नख्खु खोला 
झरिपछि बढेको वागमती 
   सिनामंगलबाट आकाशमा देखिएको कालो बादल 
क्षितिजबाट बर्षेको मुसलधारे झरि 
 बानेश्वरमा झरि परेपछि 
धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु