• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

आर्सनलको विजयी सुरुवात



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले विजयी सुरुवात गरेको छ । शुक्रबार मध्यरातमा भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै आर्सनलले यो सिजनको सुखद सुरुवात गरेको हो ।

खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा क्रिस्टल प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनल २–० गोलले विजयी बनेको हो ।

जितसँगै आर्सनलले पहिलो खेलबाटै तीन अंक जोडेको छ ।