६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा बिभिन्न बिभागका प्रमुखहरुको मनोनयन,मोहन श्रेष्ठलाई प्रचार विभागको जिम्मा



अ+ अ-

काठमाडौं  । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम बिभिन्न व्यक्तिलाई विभिन्न विभागको प्रमुख पदमा मनोनयन गर्नुभएको छ ।अध्यक्ष लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी दिनु भएको छ  ।

यसै गरी प्रवक्ता मोहन श्रेष्ठलाई  प्रचार विभाग प्रमुख,  प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख ,प्रवक्ता ज्ञानेन्द्र शाही  सुशासन विभाग प्रमुख  केन्द्रीय सदस्य आनन्द अधिकारी प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौला वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र  दमन बस्नेत ( खेलकुद विभाग प्रमुखमा मनोनयन  हुनु भएको छ ।