१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताउनु भयो । उहाँले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताउनु भयो । उहाँले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्छ । युग सुहाउँदो चलचित्र भन्नाले विज्ञानप्रविधिको हिसावले पनि सबैभन्दा माथि उठेको विज्ञानप्रविधिको प्रयोग हुनुपर्छ । अग्रगामी ढंगकको हुनुपर्छ । कथावस्तु पनि सामाजिक विषयवस्तुलाई समेटेर हाम्रो समाजमा भइरहेका घटनाहरुको हुनुपर्छ । प्रगतिशील दिशा दिने खालको हुनुपर्छ । व्यक्ति नभइ समाजलाई परिवर्तन गर्ने किसिमको हुनुपर्छ ।

समाजमा सामाजिक परिवर्तनसँग गाँसिएर समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक छ । दक्षिण एशियामा वंशानुगत पेशा बन्ने समस्या देखिएको छ । यो राम्रो होइन । त्यस्तो खालको प्रवृतिले राम्रो गर्दैन । समाज परिवर्तनको लागि नेतृत्व गर्ने व्यक्तिलाई कथाका पात्र बनाउनु पर्छ ।

चलचित्रमा खराब नभइ असल पात्रहरु रोल मोडेल पात्रहरुको जन्म हुनुपर्छ । यी कुराहरु ध्यानमा राखेर चलचित्रहरु निर्माण गर्नुपर्छ । आफ्नो संस्कृति, पहिचान झल्कने खालका चलचित्र बनाउन आवश्यक छ ।’ मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताउनु भयो ।