११ पुष २०८१, बिहीबार
,
Latest
मेलबर्न टेस्टः कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? वडाध्यक्ष महतोको निधन दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनियाँ विमान आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसरी रिस उठेका बेला ‘तेरो घरमा कांग्रेस पसोस् भनेर सराप्थे’ – ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका लागि राणा शासन गएपनि कांग्रेस आएपछि एमालेका लागि राणा शासन आएको बताएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘२०१२ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेर टंकप्रसाद आचार्य प्रधानमन्त्री बनेपछि उहाँले कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुभयो । २०१३ बैशाखबाट कम्युनिस्ट पार्टीले खुला भएर काम गर्न पायो । राणा शासन गयो कांग्रेसका लागि तर कांग्रेस आयो राणा शासन आयो एमालेका लागि ।’ अध्यक्ष ओलीले भने ‘मान्छेले यतिकै भनेका होइनन्, उहिले पनि छिमेकीसँग रिस उठ्यो भने तेरा घरमा कांग्रेस पसुन् भन्दै सराप्ने गर्थे ।’