कर्णाली । कर्णाली प्रदेशसभाका ३ जना सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
जुम्लाका पदम रोकाय, मुगुका चन्द्रबहादुर शाही, र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउने भएका हुन् ।
कर्णाली प्रदेशसभामा एमालेका २० सांसद थिए ।
फ्लोर क्रस गरेर माओवादी सरकारमा गएका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त छ । सभामुखसहित १६ सांसदमध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेका सभामुखसहित १३ सांसद भएका छन् ।
४० सांसद रहेको कर्णाली प्रदेशसभामा अब एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, नेकपा एसका ३ र राप्रपाका एक सांसद छन् ।