काठमाडौं । आफ्नो पार्टीबाट निष्काशन गरिएका आफ्ना १४ सांसदलाई कारवाहीको सूचना नटाँसेको भन्दै नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ।
सभामुख सापकोटासँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएर मुद्दा दायर गर्न लागिएको नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारलाई जानकारी दिए । एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुख अग्नी सापकोटालाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।
राजनीतिक दल सम्बन्धि ऐनमा सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था रहेको छ। तर सभामुख सापकोटाले १३ औँ दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए ।