२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा पानीको सतह घटे पछि विस्थापितहरु घर फर्कदै



file photo
अ+ अ-

त्रियुगाः सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका क्षेत्रका स्थानीयबासी पुरानै स्थानमा फर्किन थालेको प्रहरीले जनाएको छ । कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा एक हजार ५०० भन्दा बढी स्थानीयबासी बिस्थापित भएका थिए ।

उनीहरुलाई प्रहरी र सेनाको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । हाल बेलका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरी करिब ३०० जनशक्ति परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखि वर्षा कम भएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ ।

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ ।

पुरानै धारमा कोशी फर्किएको खण्डमा बेलका नगरपालिकाको सोमबारे, डुम्रिबोट, मसानघाट, धौरीटप्पु, चिलिया, रामनगर आदि लगायतका वस्तीबाट सप्तकोशी बग्नेछ ।