२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनऋषि धिताल अर्थमन्त्रीको जनसम्पर्क विज्ञमा नियुक्त



अ+ अ-

काठमाडौँ । जनादेश साप्ताहिकका पूर्वसम्पादक मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको जनसम्पर्क विज्ञमा नियुक्त भएका छन् । उनलाई अर्थमन्त्री शर्माले आफ्नो जनसम्पर्क विज्ञका रुपमा नियुक्त गरेका हुन् ।

विसं २०५२ देखि २०६२ सम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालीन नेकपा माओवादीको मुखपत्र जनादेश भूमिगत रुपमा प्रकाशित हुन्थ्यो । अहिले सो पत्रिका बन्द छ । धिताल करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।