२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा राजस्व असुलीको प्रतिशत घट्दै



अ+ अ-

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७/७८ मा कार्यालयले कूल रु ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।