काठमाडौं । नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी विश्वका सय मुलुकको कलेजमा पठनपाठन हुने भएको छ ।
अमेरिकी प्रकाशक म्याकग्रो हिलद्वारा प्रकाशित र डा. लिसा राइट हफनरद्वारा लिखित ‘द राइटर्स माइन्डसेट’मा विष्णुमायाको जीवनीलाई स्थान दिइएको छ ।
कूल ६९२ पृष्ठ रहेको उक्त पुस्तकमा ५९१ देखि ५९४ पृष्ठसम्म परियारको जीवन संघर्षलाई उल्लेख गरिएको छ । उक्त पुस्तकमा संसारका ५२ उल्लेखनीय व्यक्तिहरुको प्रोफाइल दर्शाइएको छ ।
विश्वमै अग्रणी प्रकाशक मानिने म्याकग्रो हिलका पाठ्यपुस्तक अमेरिकासहित १०० मुलुकमा पढाइ हुन्छ ।
विष्णुमाया अहिले एनआरएनए आइसीसीको वर्तमान निर्वाचन आयुक्त, गोर्खा समाजकी संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्षका रुपमा छिन् ।










