२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा स्वीकृत नभएपछि एआईजी पोखरेलको अनिवार्य अवकास



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकास पाएका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकास पाएका हुन् । एआईजीको उमेर हद ५६ वर्ष रहेको छ ।

उनले वरियता मिचेर आईजीपी नियुक्ति भएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसयता उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । सर्वोच्च अदालतले उनले दायर गरेको रिट असार ३१ गते खारेज गरेको थियो ।

रिट खारेज भएलगत्तै पोखरेलले साउन २ गते प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । यद्यपि प्रहरी महानिरीक्षक ९आईजीपी० धीरजप्रताप सिंहले उनको राजीनामा अघि बढाएका थिएनन् । मन्त्रिपरिषद्को बैठकले एआईजीको राजीनामा स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । मन्त्रिपरिषद्मा गृह मन्त्रालयले राजीनामाको प्रस्ताव लानुपर्ने भए पनि आईजीपी सिंहले राजीनामा पत्र गृह मन्त्रालय पठाएका थिएनन् ।

पोखरेल अनिवार्य अवकास भएसँगै एआईजी पद खाली भएको छ ।