२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छुः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गर्नुभएको हो ।

उहाँले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताउनु भयो । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताउनु भयो । उहाँले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन ।

यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पु¥याउनै पर्छ । चुनावको मितिको घोषणा भइपनि सकेको छ । अबपनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्नेपर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गर्नुभयो । उहाँले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताउनु भयो । उहाँले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हनुपर्ने आवश्यक्ता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने कुरा आउला, त्यसैले गठबन्धन कायम रहन्छ । हामी आगामी निर्वाचनमा गठबन्धन गरेर हामी भोलि गठबन्धन रहन्छ भनेर घोषणा गर्दैछौँ । हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । तेस्रो शक्ति । तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, यी ४ पार्टी एक ठाउँमा गोलबन्दी हुन जरुरी छ । नेपाली काँग्रेसलाई हामी नै सबैथोक हौँ भन्ने परेको हुनसक्छ । यता एउटालाई त परेकै छ । मै हुँ सर्वेसर्वा भन्ने । यसले बिगारेको छ ।’

अध्यक्ष नेपालले नेपाली काँग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हूँ भनिरहेको र यही प्रवृतिले देश बिगारीरहेको उल्लेख गर्नुभयो ।