३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माइ होटल एण्ड होम डटकम’ : पर्यटकलाई सहज बनाउने वेबसाइट



अ+ अ-

काठमाडौँ । पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’ वेबसाइटको विकास गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन मुलुकभरका प्रमुख सहरमा यात्रामा जानुअघि जजिलै होटल बुकिङ गर्न दुई युवाले सो वेबसाइट विकास गरेका हुन् ।

सो वेबसाइटलाई मोबाइल वा कम्प्युटरबाट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको होटल सजिलै बुकिङ गर्न सकिने जनाइएको छ । वेबसाइटमा होमस्टे, होस्टल, अपार्टमेन्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने सुविधा छ । होटल एन्ड होम प्रालिका प्रबन्ध निर्देशक उत्सव पाठकका अनुसार यसमा सुरुमा उच्च, मध्यम र साना खालका होटलका कोठा बुकिङ गर्न सकिने गरी सुरु गरिएको छ ।

“पर्यटकलाई यात्रामा निस्कनु अघि ढुक्क भएर बस्ने ठाउँको सुनिश्चित गर्न यसले सहयोग गर्छ, सजिलै, बिना झण्झट र होटल नपाएर रुमल्लिनुपर्ने अवस्थाको यसले अन्त्य गर्छ”, प्रबन्ध निर्देशक पाठकले भन्नुभयो । यसमा होटलको बारेमा परिचय, कोठाअनुसारको मूल्य, कोठाको सजावट, ओछ्यान, फर्निचर, टेलिभिजन, वाइफाइ, कतिजना सुत्न सक्ने, सेवाका शर्त, शौचालयलगायतबारे तथा बास बस्ने स्थान वरिपरिको घुम्ने ठाउँको समेत सङ्क्षिप्त विवरण दिइएको छ ।

होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीका अनुसार रेल, हवाई, बैंक, अस्पताललगायतका क्षेत्रमा ई बुकिङको संस्कृति मौलाइरहेको बेला डेढ वर्ष लगाएर यो वेभको विकास गरिएको हो । सुरुमा परीक्षणका रुपमा रहेकाले अनलाइन बुकिङमा अहिले दश प्रतिशत छुट दिइएको छ ।

“धेरै प्रकारका होटल हेरेर पर्यटकले चाहेको मूल्यका होटल रोज्न सक्छन्, होटलको सेवा, शर्तबारे क्षणभरमा थाहा पाउन सकिन्छ”, अध्यक्ष कार्कीले भन्नुभयो । हालसम्म काठमाडौँ, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोटलगायतका प्रमुख पर्यटकीय सहरका तीनसय होटल यसमा आबद्ध भएको र यो क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसको एप्स भने दशैँपछि सार्वजनिक गर्ने योजना पाठक र कार्कीको रहेको छ ।

खासगरी नयाँ वर्ष, क्रिसमस, मेला महोत्सव वा ठूला सम्मेलन र सभामा कोठा पाउन असजिलो र झण्झटिलो हुने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालभरिका प्रमुख पर्यटकीय गन्तव्यमा होटलमा कसरी बास पाउने भन्ने चिन्ताले पिरोल्ने गर्छ । “एक क्लिकमा ढुक्कले बास पाउने अवस्था होस् भनेर यो सेवा सुरु गरेका हौँ, यसबाट पर्यटकलाई सहज हुन्छ, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्दैछौँ”, अध्यक्ष कार्कीले भन्नुभयो ।