५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै, ४ मंसिरमा चुनाव घोषणा गर्ने, एउटै चुनाव चिन्हमा निर्वाचन लड्नेबारे गठबन्धनमा छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभको निर्बाचनका लागि मिति घोषणा गर्ने तयारी गरेको छ ।

एक मन्त्रीले न्यूजपोलार संग भन्नुभयो ‘आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणाको निर्णय गर्ने तयारी छ ।’  मंसीर ४ गते एकै चरणमा निर्वाचन गर्न हिजो बुधबार सत्तागठबन्धनमा सहमति भएको थियो ।

यसै बिच गठबन्धनका शीर्ष सहित केही नेताहरु लाई चुनाब जित्नका लागि एउटै निर्वाचन चिन्ह लिएर उठ्ने बारेमा पनि गठबन्धन भित्र छलफल भएको छ । गठबन्धनका एक नेताले भन्नुभयो ‘स्थानीयतहको निर्वाचनमा धेरै मत बदर भयो, बदर मत सुरक्षीत गर्न एउटै निर्बाचन चिन्हमा उठ्ने कुरा पनि छलफल सुरु भएको छ । ‘

उहाँका अनुसार बर्तमान निर्बाचन कानूनले जुन दलको चिन्ह लिएर उठेको सोही दलको व्हिप लाग्ने हुदाँ कानुनी अड्चन फुकाउने बारेमा पनि छलफल सुरु भएको छ । नेपाली काग्रेसले आफ्नो चुनाब चिन्ह रुख प्रयोग गर्न सकिने जनाएको छ ।