• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग



काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो ।

“कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।