२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो ।

“कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।