२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना।४ख।३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।

मृतक दिलीपको शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।