१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ: चिनियाँ राजदूत



अ+ अ-

काठमाडौँ । एक चीन सिद्धान्त र ‘ताइवान स्वतन्त्रता’ को कडा विरोधप्रति चीनले नेपालको दीर्घकालीन प्रतिबद्धताको उच्च प्रशंसा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेसँगै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार विज्ञप्ति जारी गरी ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराउनुभएको हो ।

विज्ञप्तिमा राजदूत यान्छीले यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार भएको स्पष्ट पार्दै नेपाल सरकार नेपाली जनताले एक चीन सिद्धान्तको पालना गरिरहने, चीनको वैध र न्यायपूर्ण अडानलाई बुझेर समर्थन गर्ने र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको प्रतिबद्धतालाई साथसाथै काम गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले चीन र नेपाल हिमाल र नदीका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार हुन् भन्दै दुई देशले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासँग सम्बन्धित प्रमुख चासोका मुद्दाहरूमा सधैँ एकअर्कालाई बुझेका छन् र समर्थन गरेको बताउनुभयो ।

अमेरिकाले ताइवानलाई चीनबाट अलग बनाउन खोजेको चीनले आरोप लगाउँदै आएको छ । सो प्रयासमा अमेरिकाले नेपाल जस्तो सानो मुलुकको पनि समर्थन खोज्न प्रयत्न गर्ने चीनको आशंका छ । यदि नेपालले अमेरिकी रणनीतिमा समर्थन जनाए त्यसबाट चीनको रणनीतिक सुरक्षा स्वार्थमा ठेस पुग्ने चीनको धारणा छ । त्यसैले ‘स्वतन्त्र ताइवान’ को विरोध नै नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको राजदूत यान्छीले स्पष्ट गर्नुभएको हो ।