२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ: चिनियाँ राजदूत



अ+ अ-

काठमाडौँ । एक चीन सिद्धान्त र ‘ताइवान स्वतन्त्रता’ को कडा विरोधप्रति चीनले नेपालको दीर्घकालीन प्रतिबद्धताको उच्च प्रशंसा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेसँगै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार विज्ञप्ति जारी गरी ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराउनुभएको हो ।

विज्ञप्तिमा राजदूत यान्छीले यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार भएको स्पष्ट पार्दै नेपाल सरकार नेपाली जनताले एक चीन सिद्धान्तको पालना गरिरहने, चीनको वैध र न्यायपूर्ण अडानलाई बुझेर समर्थन गर्ने र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको प्रतिबद्धतालाई साथसाथै काम गर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले चीन र नेपाल हिमाल र नदीका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार हुन् भन्दै दुई देशले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासँग सम्बन्धित प्रमुख चासोका मुद्दाहरूमा सधैँ एकअर्कालाई बुझेका छन् र समर्थन गरेको बताउनुभयो ।

अमेरिकाले ताइवानलाई चीनबाट अलग बनाउन खोजेको चीनले आरोप लगाउँदै आएको छ । सो प्रयासमा अमेरिकाले नेपाल जस्तो सानो मुलुकको पनि समर्थन खोज्न प्रयत्न गर्ने चीनको आशंका छ । यदि नेपालले अमेरिकी रणनीतिमा समर्थन जनाए त्यसबाट चीनको रणनीतिक सुरक्षा स्वार्थमा ठेस पुग्ने चीनको धारणा छ । त्यसैले ‘स्वतन्त्र ताइवान’ को विरोध नै नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको राजदूत यान्छीले स्पष्ट गर्नुभएको हो ।