• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल ★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ? ★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

चीनको बिरोध बीच ताइवान पुग्नुभयो अमेरिकी सभामुख



ताइवान भ्रमणमा अमेरिकी सभामुख नान्सी पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीनको तिब्र बिरोधका बीच ताइवानको राजधानी ताइपेइ पुग्नु भएको छ ।

अमेरिकी नेभी र एयरफोर्सका लडाकू विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताउनु भएको छ ।

ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउने विषयमा समर्थन जनाउन आफू ताइवान आएको ट्वीटमा पेलोसीले बताउनु भएको छ । सभामुख पेलोसीले ‘विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण’ रहेको बताउनु भएको छ ।

सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थाल्नु भएको थियो । यद्यपी उहाँको ताइवान भ्रमण हुने वा नहुने स्पष्ट भइसकेको थिएन ।

चीनले पेलोसीलाई ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । पेलोसीको भ्रमणलाई लिएर केही समयदेखि बेइजिङ र वासिङटनबीच आरोप प्रत्यारोप जारी थियो ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त रहेको र अलग देश नभएको दाबी गर्दै आएको छ ।

यसअघि सन् १९९७ मा अमेरिकी संसदका सभामुख न्यूट ग्रिन्गरिचले ताइवान भ्रमण गर्नु भएको थियो । तथापी अमेरिकाका सिनेटर र अन्य विशिष्ट व्यक्तिले ताइवानको भ्रमण निरन्तर गरिरहेका छन् ।

ताइवानलाई अमेरिकाले एक स्वतन्त्र मुलुकको रुपमा मान्यता दिएर सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । एजेन्सी