• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा



काठमाडाैं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो ।

उक्त विवादमा गत शुक्रबारदेखि सुनुवाइ निरन्तर गर्दै आज सकिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको ९९ थान निवेदनमाथि सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतले यसअघि गरेको फैसलामा सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत ठह¥याउँदै समायोजन भएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउनु नपर्ने फैसला गरेको थियो । रासस