१४ श्रावण २०८३, बिहीबार
,
Latest
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २.७६ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

मंगलवार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शुन्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ । तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०।१३ अंकले बढेको छ । मंगलवार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । मंगलवार नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ ।

आज शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।




भर्खरै