• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

ओलीले भने – प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजी देशद्रोही हुन्



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार देखेर गोरु मात्र होईन अरु जनावर पनि लजाएको टिप्पणी गर्नुभएको छ । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराउने व्यक्तिलाई पुनः अर्थमन्त्री बनाएर रमिता देखाएको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘न स्वतन्त्र रुपमा छानबिन गर्न दिएको छ , न कल डिटेल हेर्न दिईएको छ । कुन समितिले सफाई दिएको छ र सफाई पाईयो भन्दै कुर्लदै हिँडिरहेका छन् , गठबन्धनसँग अर्को मान्छे पनि छैन रहेछ उहि मान्छे नै फेरि मन्त्री बनाए ।’

नेपाली कांग्रेसप्रति निकै आक्रामक बन्नुभएका ओलीले भन्नुभयो ‘के आधारमा काँग्रेसलाई लोकतान्त्रीक शक्ति भन्ने ? न चरित्र लोकतान्त्रकि छ न व्यवहार ।’ अध्यक्ष ओलीले गठबन्धनमा रहेका अन्य दलहरुलाई समेत सधैँ झै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो देश लुट्ने विकास बिरोधी गठबन्धन हो ।’ पूर्वसहकर्मीहरु प्रति पनि ओलीले कटाक्ष गर्न छाड्नुभएन । उहाँले भन्नुभयो ‘केही दिन अघि पाँच भाई जम्मा भए रे । एमालेमा छँदा दुख दिने पार्टी फुटाउनेहरुले समाजवादी केन्द्र बनाउने रे । यी देश द्रोहीहरुले के को समाजवादीदी केन्द्र बनाउने । यी एमसीसी, एसपीपी लगायत सम्झोता गर्नेहरुले भन्दैमा समाजबादी केन्द्र हुन्छ ?’