३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य
अ+ अ-

गलेश्वर । अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य विगारेपछि त्यसयता झरनाको प्राकृतिकस्वरुप नासिँने क्रम बढ्दै गएको हो । समुद्री सतहबाट झण्डै एक हजार आठ सय मिटरको उचाइको यो झरना कालीगण्डकीको खोंचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथि रहेको छ ।

यस झरनाले हुलाक टिकटमासमेत स्थान पाइसकेको छ । हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटक पुगेर अवलोकन गर्ने गर्दछन् । विश्वमै शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ । संसारको सातौँ अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित छ । गल्छीको अवलोकन गर्न दैनिक रुपमा आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रुप्से तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत करिब तीन घण्टा र पैदल करिब एक दिनको यात्रा तय गर्नुपर्छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत तीन घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटक सवारी रोकेर यस झरनामा फोटो खिच्छन् ।

रुप्सेमा रमाउने योजना बनाएका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले २०७७ साउनयता भने यसको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् । विसं २०७७ साउनमा रुप्सेमा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल, पुल र स्काभेटर समेत बगाएको थियो । झरनामा आएको बाढीले गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएपछि त्यस क्षेत्रको सुन्दरता नै उजाडिएको स्थानीयवासी कृष्णबहादुर पुनले बताउनुभयो । पुनका अनुसार अब रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्ने भएको छ ।

अहिले रुप्से झरना उजाड र कुरुप बनेको उहाँको भनाइ छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्सेको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्सेको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धले बताएका छन् ।“रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसकोसमेत भीड हुने गर्दथ्यो”, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नुभयो, “पुलनजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँबायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो ।”

विसं २०७५ यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको थियो । ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका थिए । “तर, बाढीले रुप्सेको चीरहरण गरिदिएपछि सबैको सपना भताभुङ्ग भएको छ ।” पर्यटन व्यवसायी शेरचनले भन्नुभयो । रासस