• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा ★   उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले लगानीकर्ताको मनोबल गिरेको छ: नीजि… ★   बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुने प्रधानमन्त्री ऋषि सुनकको घोषणा ★   भगवान बुद्धका यस्ता विचार, जुन जीवनका धेरै समस्या समाधानको उपाय

प्रतिनिधिसभा: भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै उहाँले भूकम्पबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरेर विस्थापितहरुलाई स्थापित गर्न माग आग्रह गर्नुभयो ।

विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्दै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गर्नुभयो । उहाँले भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको बताउनुभयो । घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनःस्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गर्नुभयो ।

यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थियो ।

सांसद भट्टराईले हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो । तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सिके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।