७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्माप्रति एमाले सांसद महेश बस्नेतको व्यंग्य



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गर्नुभएको हो । उहाँले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गर्नुभयो । उहाँले अर्थमन्त्री शमप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन्, जनता विचलित देश बिरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ जस्ता कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीलाइ धन्यवाद,कमरेड प्रचण्ड,माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद । गृहमन्त्री ज्युलाई पनि धन्यवाद,छानबिन समितिलाई पनि धन्यवाद,मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा,अन्तर्वार्ता नलिएकोमा,एमालेको फरक मतलाई इग्नोर गरेकामा,सत्ताको आडमा बहुमत पु¥याई सफाई दिएकोमा,पुनः नियुक्ती दिएकोमा अर्थको सेटिङ कायम गराउनेछु । प्रधानमन्त्री ज्यु भाउजुको आदेश मान्नेछु । सेटिङको निश्चित रेटिङ भित्र नै बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउने छु । कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु । अर्थका नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङकन गरेका छन् । महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन् । जनता विचलित देशी बिरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।’