१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्माप्रति एमाले सांसद महेश बस्नेतको व्यंग्य



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गर्नुभएको हो । उहाँले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गर्नुभयो । उहाँले अर्थमन्त्री शमप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन्, जनता विचलित देश बिरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ जस्ता कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीलाइ धन्यवाद,कमरेड प्रचण्ड,माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद । गृहमन्त्री ज्युलाई पनि धन्यवाद,छानबिन समितिलाई पनि धन्यवाद,मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा,अन्तर्वार्ता नलिएकोमा,एमालेको फरक मतलाई इग्नोर गरेकामा,सत्ताको आडमा बहुमत पु¥याई सफाई दिएकोमा,पुनः नियुक्ती दिएकोमा अर्थको सेटिङ कायम गराउनेछु । प्रधानमन्त्री ज्यु भाउजुको आदेश मान्नेछु । सेटिङको निश्चित रेटिङ भित्र नै बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउने छु । कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु । अर्थका नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङकन गरेका छन् । महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन् । जनता विचलित देशी बिरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।’