११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

‘मेरो घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार’

‘मेरो घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार’
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफ्नो घरको कम्पाउण्डभित्र बम पड्किएको भन्दै सुरक्षाको माग गरेकी छन् । मंगलबार संसद् बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सोमबार राती ८ बजेतिर बम पड्किदा घरका सबैजना आतंकित भएको बताइन् ।

झ्यालबाट बाहिर हेर्दा दुईजना लोग्ने मानिस मोटरसाइकलमा गएको र अँध्यारो हुँदा आफूले नचिनेको उनको भनाइ छ। सांसद गुरुङले संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले आफू र आफ्नो परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत गृहमन्त्री र नेपाल सरकारसँग माग गरिन् ।

‘हिजो बेलुकी ८ः२५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन।’ उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीको फोन उठेन।’

त्यसपछि आफूले उपसभामुख पुष्पा भुसाललाई फोन गरेको र उनीबाट सान्त्वना पाएको बताइन् ।

उनले भनिन्, ‘त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाल दिज्जुलाई फोन गरेँ। शान्त्वना दिनुभयो । अन्तः संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले म र मेरो घर परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत् गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु।’