११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघलाई विश्वविद्यालय बिगार्ने संगठन विविसंघ बनाउनुस्ः एमालेका सांसद सुनुवार



अ+ अ-

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गर्नुभएको हो । उहाँले नेविसंघकै कारण अहिले त्रिभूवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताउनु भयो । उहाँले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाउनु भयो ।

सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्याइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन । त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ । यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि।वि।संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रश्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ । विश्वविद्यालय भित्र लोकतन्त्रको परिभाषा पनि चेन्ज हुन थालेको छ । विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको छ । १८ देखि २५ वर्षका युवा उमेरका विद्यार्थी हुनुपर्नेमा विश्वविद्यालयमा आज ४० कटेका पाका विद्यार्थीहरु थुपारेर विश्वविद्यालय अस्तव्यस्त बनाइएको छ ।’

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताउनु भयो । उहाँले अहिले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताउनु भयो ।