१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघलाई विश्वविद्यालय बिगार्ने संगठन विविसंघ बनाउनुस्ः एमालेका सांसद सुनुवार



अ+ अ-

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गर्नुभएको हो । उहाँले नेविसंघकै कारण अहिले त्रिभूवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताउनु भयो । उहाँले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाउनु भयो ।

सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्याइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन । त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सहप्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तव्यस्तको दिशामा अघि बढेको छ । यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ । नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि।वि।संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रश्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ । विश्वविद्यालय भित्र लोकतन्त्रको परिभाषा पनि चेन्ज हुन थालेको छ । विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको छ । १८ देखि २५ वर्षका युवा उमेरका विद्यार्थी हुनुपर्नेमा विश्वविद्यालयमा आज ४० कटेका पाका विद्यार्थीहरु थुपारेर विश्वविद्यालय अस्तव्यस्त बनाइएको छ ।’

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताउनु भयो । उहाँले अहिले विश्व विद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताउनु भयो ।