८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा छपन्न छोरीले पाए दुई लाख ८० हजार



अ+ अ-

तम्घास । गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि रु पाँच हजारका दरले कूल रु दुई लाख ८० हजार उपलब्ध गराएको हो ।

उनीहरुको बैंक खाता खोली रकम बैंकमा नै जम्मा गरिएको छ । जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो । “छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।” उहाँले भन्नुभयो, “उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।”

यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन रु पाँच लाख विनियोजन गरिएको उपाध्यक्ष दर्लामीले बताउनुभयो ।