काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि वर्तमान सरकारमा सहभागी हुने तयारीमा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
लोसपा संसद्बाट नागरिकता ऐन पारित भएपछि सरकारमा जान सकारात्मक भएको बताइएको छ ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि लोसपा सैद्धान्तिकरुपमा सरकारमा सहभागी हुने स्रोतले बताएको छ ।