७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार बनाउन राप्रपा अध्यक्ष लिङ्देनको माग



अ+ अ-

निर्वाचन घोषणापछि पनि वर्तमान संसद्लाई निरन्तरता दिने प्रयास भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन चुनावी सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन घोषणापछि वर्तमान सरकारसमेत विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले भन्नुभएको छ, “निर्वाचन घोषणापछि पनि संसद्लाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ। यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।”