२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वरिष्ठ उपाध्यक्ष, दुई मुख्यमन्त्री र कानूनमन्त्रीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमित हुनेको संख्या तीव्रगतिमा बढिरहेको छ । कोरोनाबाट हाल दैनिक करिब एक हजारको संख्यामा संक्रमित भइरहेका छन् ।

पछिल्लो अवधिमा राजनीतिज्ञहरुलाई पनि कोरोना संक्रमण भएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई कोरोना भएको छ । त्यस्तै संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दी बन्दीलाई कोरोना संक्रमण भएको छ ।

उहाँहरु सबै अहिले सामाजिक दूरी कायम राख्दै आइसोलेसनमा बस्नुभएको बुझिएको छ ।